Attariya Hospital Pvt.Ltd.

अत्तरियामा कोठा भाडामा लिएर यौन व्यवसायमा संलग्न चार जना पक्राउ

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा कोठा भाडामा लिएर यौन व्यवसायमा संलग्न चार जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका-२ आदर्श गल्लीबाट १ जना पुरुष र ३ जना महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा कोठा भाडामा लिई यौन व्यवसायमा संलग्न घरधनि महिला सहित ग्राहक संग सम्पर्क गराउने होटल सञ्चालक महिला समेतका ३ महिला र १ जना पुरुष गरि जम्मा ४ जनालाई सोमबार बेलुकी पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका-१ की ६५ वर्षिया महिला, सोही ठाउँकी २८ वर्षिया महिला, गोदावरीकै वडा नम्बर ३ बस्ने ३७ वर्षिय पुरुष र गौरीगंगा नगरपालिका-१ बस्ने ३४ वर्षिय महिला रहेका छन । उनिहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.