अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत स्याउले बजारको गेटमा रङ्गरोगन गरिँदै छ ।
स्याउले बजार व्यवस्थापन समितिले स्याउले बजारमा रहेको मुख्य गेटमा गोदावरी नगरपालिका वडा नम्बर ८ को सहयोगमा रङ्गरोगन गर्न लागेको हो ।
गेटमा रङ्गरोगन गरिनुका साथै संस्कृति झल्किने चित्रहरु पनि राखिने स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले बताएका छन् ।
१६ वर्ष अघि निर्माण भएको उत्त गेट रङ्गरोगन नहुँदा कुरुप देखिने गरेको थियो ।