Attariya Hospital Pvt.Ltd.

गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु

padma
milan sunchadi

गुल्मी – गुल्मीमा पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ। शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण मालिका गाउँपालिका वडा नम्बर ६ अर्जैका भेषबहादुर कामीको घरमा पहिरो खस्दा दुई तले जस्ताले छाएको घर पुरिएको र घरमा रहेका पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

पहिरोमा परी अन्दाजी ५५ वर्षीय भेषबहादुर कामी, निजकी ४८ वर्षीया श्रीमती सुन्तली कामी, २६ वर्षीया बुहारी सीता बिक, ८ वर्षीया नातिनी सपना बिक र ८ महिनाकी नातिनी विपना बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिए।

पाँचै जना पहिरोमा पुरिएको र उनीहरुलाई स्थानीयसहित सुरक्षा निकायको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए। घटनाको विस्तृत विवरण आउँन बाँकी छ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.