Attariya Hospital Pvt.Ltd.

उद्योग वाणिज्य महासंघले भोलि गोदावरी रिसोर्टमा गर्ने कार्यक्रममा अत्तरिया उद्योग वाणिज्य संघका पदाधिकारी उपस्थित नहुने

padma
milan sunchadi

अत्तरिया – नेपाल उद्योग वाणिजय महासंघले भोलि कैलालीको गोदावरी रिसोर्टमा गर्ने कार्यक्रममा अत्तरिया उद्योग वाणिज्य संघका पदाधिकारी उपस्थित नहुने भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले भोलि दिउँसो ३ बजे गोदावरी रिसोर्टमा आयोजना गरेको पुँजी बजार शिक्षा तथा जनचेतना कार्यक्रममा अत्तरिया उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष,उपाध्यक्ष ,महासचिव,कोषाध्यक्ष सहितका ११ जना पदाधिकारी उपस्थित नहुने भएका हुन् ।

संघका अध्यक्ष कल्याण सिंह बोहराले कार्यक्रमको विषयमा कार्यसमितिलाई जानकारी नै नगराई बजारमा चिठि बाँड्ने लगायतका निर्णयमा एकलौटी गरेकोले आफुहरुले अस्वीकार गरेको अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले बताए ।

Siddi ganesh

‘अध्यक्षका नाममा अदालतमा मुद्धा विचाराधिन रहेको हुँदा कार्यसमितिले उहाँको अध्यक्षतामा वैठक बस्न समेत अस्वीकार गर्दै आएको छ,महासचिव खड्काले, भने यो कार्यक्रमका लागि पनि समितिसंग कुनै समन्वय नै नगरि बजारमा चिठी बाँड्ने लगायतका काम भएको रहेछ,अध्यक्षलाई स्वीकार नगरेको अवस्थामा हामी त्यो कार्यक्रममा उपस्थित हुन सक्दैनौ,त्यसैले हामीले अस्वीकार गरेका छौँ ।’

उनले उत्त कार्यक्रम स्थगीत गर्न समेत महासंघलाई आग्रह गरेका छन् ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.