अत्तरिया – कैलालीले गोदावरी नगरपालीकाको न्यायिक समितिले सरोकारवालाहरु संग अन्तरक्रिया गरेको छ ।
न्यायिक समितिले सोमबार नगरपालीकाभित्रका मेलमिलाप संयोजक,मेलमिलाप सहजकर्ताहरुसंग अन्तरक्रिया गरेको हो ।
मेलमिलापकर्ताहरुले न्याय सम्पादनकालागी उचित स्थानको अभाव भएको गुनासो गरे ।

भाडाका घरमा संचालनमा रहेका वडाहरुमा न्याय सम्पादन गर्दा समस्या हुने गरेको वडा नम्बर ८ की मेलमिलापकर्ता राजेश्वरी पाण्डेयले बताईन् । कतिपयले भने मेलमिलापकर्ताहरुलाई पिडक पक्षले नर्टेने गरेको गुनासो पनि सहभागीहरुको थियो ।
चालु आर्थिक वर्षको हालसम्म गोदावरी नगरपालीकाको न्यायिक समितिमा ४३ ओटा विवाद दर्ता भएको शाखाले जनाएको छ ।
त्यस्तै १८ विवाद पुराना सरि आएका थिए । जम्मा ६१ विवाद मध्य १८ मेलमिलाप केन्द्र र ३७ न्यायिक समितिमा गरि ५५ ओटा विवाद फैछ्यौट भईसकेका छन् भने ६ ओटा प्रक्रियामा रहेका छन् ।