नसर्ने रोगहरूको अहिलेको अवस्था र रोकथामका उपायहरूका विषयमा अत्तरियामा अन्तरक्रिया

Image
maya metro

अत्तरिया – नसर्ने रोगहरूको अहिलेको अवस्था र रोकथामका उपायहरूका विषयमा कैलालीको अत्तरियामा अन्तरक्रिया गरिएको छ । गोदावरी नगरपालिकाको आयोजना तथा चुरे मिडियाको संयोजनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

अन्तरक्रियामा गेटा अस्पतालका फिजिसियन डाक्टर चेत राज भट्टले सहभागीहरूलाई नसर्ने रोगहरूको अहिलेको अवस्था र रोकथामका उपायहरूका बारेमा जानकारी दिदैं सहभागी जिज्ञासाको जवाफ दिएका थिए ।

nisarga

उनले पछिल्लो समय खानपिनमा आएको परिवर्तन सँगै नसर्ने रोगका बिरामी बढ्दै गएको बताए ।

यस्ता रोगबाट बच्न खानपिनमा सुधार, नियमित व्यायाम र वर्षमा कम्तीमा एक पटक स्वास्थ्य परीक्षण गर्नुपर्ने उनले बताए ।

नसर्ने रोगको बारेमा आम जनसमुदायलाई जानकारी दिन कार्यक्रमको आयोजना गरिएको चुरे मिडियाका सञ्चालक हेमन्त पौडेलले बताए ।