Attariya Hospital Pvt.Ltd.

मनसुन थप सक्रिय हुने

padma
milan sunchadi

काठमाडौं – नेपालमा मनसुन थप सक्रिय हुने भएको छ । न्यून चापीय रेखा थप केहीदिन नेपालको दक्षिण भूभाग र सिमाना आसपास नै रहने भएकाले मनसुन अझ सक्रिय हुने सम्भावना रहेको मौसम पूर्मानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोलि आइतबारसम्म देशभर साधारणदेखि पूर्ण बदली हुनेछ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा थोरै स्थानहरूमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.