अत्तरिया – केहि दिन अघि एसईईको नतिजा सार्वजनिक भईसकेको छ । अब के पढ्ने ? कहाँ पढ्ने ? भन्ने विषयमा उचित सल्लाह नपाउँदा अधिकांश विद्यार्थीलाई विषय तथा विद्यालय छनोटमै समस्या हुने गर्छ ।
पछिल्लो समय परिवर्तनशिल विश्वका लागि प्रतिस्पर्धात्मक जनशक्ति कसरी उत्पादन गर्ने भन्ने विषयमा विद्यार्थी र शैक्षिक संस्था दुवै प्रयासरत रहेको पाइन्छ । यस विषयमा अभिभावक पनि सचेत हुँदै गएका छन् ।
एसईई उत्तीर्ण भएका विद्यार्थीको चासोको विषय बनेको छ कहाँ पढ्ने ? के पढ्ने ? कुन कलेजमा पढ्दा प्रभावकारी सिकाई हुन्छ र राम्रो नतिजा हासिल गर्न सकिन्छ ? एसईई पछि विज्ञान, व्यवस्थापन, कानुन, मानविकी, शिक्षा लगायतका संकायहरु मध्ये कुन संकायमा पढ्ने भन्नेमा सबैभन्दा पहिला विद्यार्थीले नै छनौट गर्नुपर्ने हुन्छ ।
फरक फरक विषय पढाउनका लागि फरक फरक विद्यालयहरु प्रख्यात छन् । एसईईतर्फ मात्र नभई प्लस टु विज्ञान संकायतर्फ पनि राम्रो शिक्षा दिने संस्थाहरु मध्ये एक हो कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमी ।
१२ वर्षअघि स्थापना भएकोे यस विद्यालयले यस वर्षको एसईईमा पनि उत्कृष्ट नतिजा पस्किएको छ । सत्यवतीमा अध्ययनरत एक छात्रले ४ जिपीए हाँसिल गरेका छन् । कक्षा ११ र १२ मा विज्ञान संकाय पढाई हुने सत्यवतीले उत्कृष्ट नतिजा पस्किरहेको छ । ३८ जना विद्यार्थीसहित गत वर्ष कक्षा १२ को परिक्षामा पहिलो पटक सहभागी भएको यो विद्यालयका ३७ जना उत्तीण भएका थिए ।
एसईईमा राम्रो जीपीए आएको छ र विज्ञान पढ्ने रुची छ भने त्यस्ता विद्यार्थीका लागि सत्यवती एकेडेमी उपयुक्त गन्तव्य बन्न सक्छ । कक्षा ११ र १२ सुरु गरेको छोटो समयमै अब्बल विद्यार्थी उत्पादन गर्न सत्यवती सफल भएको छ ।
सत्यवती एकेडेमीले आफूलाई मेडिकल र इन्जिनियरिङ विद्यार्थी उत्पादनको हबका रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।
सत्यवतीबाट एसईई तथा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले देशका विभिन्न ठाँउमा रहेका कलेजहरुमा मेडिकल र इन्जिनियरिङ तर्फ पुर्ण छात्रवृत्तिमा पढ्ने अवसर प्राप्त गरेकोले पनि मेडिकल र इन्जिनियरिङ क्षेत्रलाई आफ्नो लक्ष्य बनाएका विद्यार्थीका लागि यो अत्यन्तै उपयोगीसिद्ध भइसकेको छ ।
गेटबाट भित्र प्रवेश गर्नेवित्तिकै अगाडी रुख,बोटबिरुवा सहितका चिटिक्क परेका भवन,फुलबारी,शान्त वातावरण यस विद्यालयका भौतिक विशेषता हुन् ।
दक्ष एवम् योग्य जनशत्ति
शैक्षिक वातावरण र शिक्षक शैक्षिक संस्थाको सबैभन्दा महत्वपुर्ण पक्ष हो । कुनै विद्यालयले शैक्षीक रुपमा उत्कृष्ट नतिजा प्रदान गर्नकालागी शैक्षीक जनशत्तिमा जोड दिनु पर्दछ । सत्यवती एकेडेमीले सधैँ दक्ष जनशत्तिमा जोड दिने गरेको छ । यहाँ पुर्णकालीन एक सय जना शिक्षक तथा कर्मचारी रहेका छन् । एकजना पिएचडी उत्तीर्ण,एकजना पिएचडी रनिङ,२ जना एन फिल रनिङ तथा धनगढीका विभीन्न क्याम्पसहरुमा दशकौँदेखी अध्यापन गराँउदै आएका शिक्षकहरुले अध्यापन गराउँदै आएका छन् । विज्ञान संकाय अध्यापनकालागी प्रत्येक विषयका दुईदुई जना शिक्षकको व्यवस्था गरएिको छ । आकर्षक तलब र सेवा सुविधाका कारण सत्यवती एकेडेमी अनुभवि शिक्षकहरुको रोजाईको केन्द्र पनी बन्ने गरेको छ ।
अत्याधुनिक कक्षा कोठा
सत्यवती एकेडेमीमा आधुनीक कक्षाकोठा सहित आफ्नै सुविधा सम्पन्न भवन छन् । विद्यार्थीको पढाईलाई कतिपय अवस्थामा भौतिक पुर्वाधारले पनी ठुलो प्रभाव पार्ने गर्दछ । सोहि कुरालाई मध्यनजर गर्दै विद्यालयले सुविधा सम्पन्न भौतिक पुर्वाधार निर्माण गरेको छ । लोडसेडिङको समयमा जेनेटरको व्यवस्था पनि गरिएको छ ।
अत्याधुनीक प्रयोगशाला
विद्यालयमा बायोलोजी,फिजिक्स र केमेस्ट्रीको एसी जडित सुविद्या सम्पन्न छुट्टा छुट्टै्र ल्याबको व्यवस्था रहेको छ । विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई आवश्यकता अनुरुप ल्याबमा लैजाने गरीन्छ ।
अत्याधुनीक कम्प्युटर ल्याब
पछील्लो समयमा कम्प्युटर मानव जीवनको अभिन्न अंग बनेको छ । यसैलाई मध्यनजर गर्दै विद्यालयले अत्याधुनीक कम्प्युटर ल्याबको व्यवस्था गरेको छ । ईन्टरनेट सहित एसी जडित उत्त कम्प्युटर ल्याबबाट विद्यार्थीले थप ज्ञान हाँसील गर्न सक्छन् ।
पुस्तकालय,संगीत तथा स्टीम ल्याब
विद्यालयमा विद्यार्थीहरुलाई अतिरित्त क्रियाकलापमा सहभागी गराउने उदेश्यले विद्यालयले पुस्तकालय,संगीत तथा स्टीम ल्याबको व्यवस्था गरेको छ । संगीत सिकाउनकालागी एकजना पुर्णकालीन प्रशिक्षकको व्यवस्था छ । यस्ले विद्याथीलाई थप ज्ञान हाँसील गर्न मदत पुग्ने विद्यालयकी प्रिन्सीपल यसोदा ध्याडी बताँउछीन् । उनका अनुसार विद्यार्थीको अभिरुचि बमोजिम नै विद्यालयले संगीत कक्षाको समेत व्यवस्था गरेको हो ।
त्यस्तै अत्याधुनिक ल्याब, कम्प्युटर ल्याब लगायतका उत्कृष्ट सुविधाहरु यहाँ छन् ।
कक्षा ११ बाटै मेडिकल तथा ईन्जिनियरिङ्ग तयारी कक्षा सञ्चालन
विद्यालयले विज्ञान विषय पढ्ने विद्यार्थीकालागी कक्षा ११ बाटै मेडिकल तथा ईन्जिनियरिङ्ग तयारी कक्षा सञ्चालन गर्ने भएको छ । काठमाडौं लगायतका उत्कृष्ट कलेजहरुमा पढेका विद्यार्थीसंगको प्रतिष्पर्धामा पछी नपरुन भन्ने उदेश्यले कक्षा ११ बाटै मेडिकल तथा ईन्जिनियरिङ्ग तयारी कक्षा सञ्चालनको तयारी गरीएको विद्यालयका संस्थापक विर बहादुर कडायतले बताउँछन् ।
स्टिम र रोबोटिक्स
विद्यार्थीहरुलाई सुरुवात देखी नै परिवर्तनशिल बनाउन विद्यालयले बिइ इलेक्ट्रोनिक ईन्जिनियरको व्यवस्था सहितको छुट्टै स्टिम र रोबोटिक्स ल्याबको व्यवस्था गरेको छ ।
आधुनिक पुस्तकालय
किताबि ज्ञान मात्रै नभई अतिरित्त ज्ञान पनि आवश्यक हुन्छ भन्ने मान्यताका साथ विद्यालयले अतिरित्त पुस्तकालयको व्यवस्था गरेको छ । अतिरित्त पुस्तक अध्ययनका लागि विद्यालयले विद्यार्थीलाई निश्चित समय सिमा बारे सुझाव दिने गरेको छ ।
कक्षा कोठामा स्मार्ट बोर्ड तथा प्रोजेक्टर
पछील्लो समय शिक्षा क्षेत्रमा भित्रीदै गएको प्रविधीलाई मध्यनजर गर्दै कक्षा कोठामा स्मार्ट बोर्ड तथा प्रोजेक्टरको व्यवस्था गरिएको छ । अहिलेको बदलीँदो युगसंगै नयाँनयाँ प्रविधी भित्र्याउन आवश्यक हुने कडायत बताँउछन् । पहिले पढाएका सामग्री त्यसैमा स्टोर हुने भएकोले पनी यो बोर्ड विद्यार्थीको लागी उपयुत्त छ । कक्षा कोठामा स्मार्ट बोर्डहरु तथा प्रोजेक्टर जडान गरिएका छन् । जहाँ शिक्षकले हरेक विषय डिजिटल प्रविधिबाट अध्यापन गराउँछन् । विज्ञानका सैद्धान्तिक विषयहरुलाई तत्कालै स्मार्टबोर्डबाट प्राक्टिकल रुपमा हेर्न पाइन्छ । जसबाट विद्यार्थीको पढाई सैद्धान्तिकमात्रै नभएर विषयवस्तुबारे व्यवहारिक र प्रयोगात्मक रुपमा स्पष्ट हुन समेत सहयोग पुग्छ ।
मुल विषयहरुका लागि १ घण्टा ५ मिनेट पिरियड
विद्यालयले मुल विषय अध्ययन अध्यापनका लागि १ घण्टा ५ मिनेटको पिरियड बनाएको छ । जस्का कारण समयमै कोर्ष सकिने र विद्यार्थीले दोहोर्याएर पढ्न प्रशस्त समय पाउने गर्छन् ।
शैक्षिक भ्रमण
स्कुलले प्रयोगात्मक ज्ञानका लागि नेपाल तथा भारतका विभिन्न उत्कृष्ट कलेजहरुमा भ्रमण गराउने गरेको छ । जसबाट विद्यार्थीहरुलाई राष्ट्रिय क्षेत्रका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा भएको विकास, प्रविधिको प्रयोग, वैज्ञानिक क्षेत्रमा भएका नयाँ आविष्कार आदि क्षेत्रको जानकारी लिने अवसर हुन्छ । विद्यार्थीलाई विज्ञानको गहिरो अध्ययन गराएर बौद्धिक र सिर्जनशील विद्यार्थी उत्पादन गर्नु विद्यालयको उदेश्य रहेको विद्यालयका संस्थापक कडायत बताउँछन् ।
प्रशस्त खेल मैदान
सत्यवती एकेडेमीले एक विघा भन्दा बढी जमिनमा स्पोट्स सेन्टर निर्माण गरेकोे छ । स्पोट्स सेन्टरमा पाँच ओटा पक्की र दुई ओटा कच्ची क्रिकेट प्राक्टीस स्थल,दुईओटा ब्याड्मिन्टन कोर्ट,एउटा भलिबल कोर्ट,चारओटा टेबल टेनिस बोर्ड,एउटा बास्केटबल कोर्ट र दुईओटा फुटबल कोर्ट निर्माण गरीएको छ । त्यस्तै फुटसलको व्यवस्था पनी गरिएको छ । विद्यार्थीलाई खेलकुदमा सक्रिय गराउनकासाथै,बालबालीकाको शारीरीक र मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै स्पोट्स सेन्टर निर्माण गरीएकोे संस्थापक कडायतले बताए । यो संगै आवतजावतको लागि यातायातको सुविधा पनि विद्यालयसंग रहेको छ ।
छात्रवृत्ति तथा पुरुस्कार
एसईईको जिपीएका आधारमा विद्यालयले छात्रवृत्ति तथा पुरुस्कारको व्यवस्था गरेको छ । त्यस्तै वर्गीकृत छात्रवृत्तिकोे व्यवस्था पनि गरेको छ भने कक्षा १२ मा ए प्लस ल्याउने विद्यार्थीलाई दश हजार रुपैँया पुरुस्कारको व्यवस्था गरिएको छ ।
शैक्षिक उपलब्धी
२०८० को एसईईमा ४ जिपीए सहित ७ जनाले ए प्लस ल्याउन सफल भएका छन् । गत वर्ष कक्षा १२ मा ३८ जना विद्यार्थी सहभागी भएकोमा तीन जना ए प्लस सहित ३७ जना उत्तीर्ण भएका थिए । त्यस्तै यस विद्यालयबाट एसईई तथा प्लस टु उत्तीर्ण भएका विद्यार्थीहरु बिएससी नर्सिङ,एमबिबिएस,ईन्जिनियरिङ, बिडिएस लगायतका क्षेत्रमा देशका विभिन्न कलेजहरुमा पुर्ण तथा आंशिक छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।