Attariya Hospital Pvt.Ltd.

पछील्लो २४ घण्टामा कति भयो वर्षा?

padma
milan sunchadi

अत्तरिया – कैलालीमा बिहिबार रातीदेखी निरन्तर वर्षा भईरहेको छ । कैलालीमा अहिलेसम्म कुनै ठुलो क्षति नभएपनि विभिन्न ठाउँमा डुबानको समस्या भने विगतका वर्षजस्तै दोहोरिएकै छ । आज पनि कैलाली,कञ्चनपुर लगायत सुदूरपश्चिम भरी वर्षा भईरहेको छ ।

यसैबिच धनगढी अत्तरिया क्षेत्रमा पछील्लो २४ घण्टामा ८६ दशमलव २ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तरगत महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार आइतबार बिहान ८ः४५ मा गरिएको मापन अनुसार यस क्षेत्रमा पछील्लो २४ घण्टामा ८६ दशमलव २ मिलिमिटर वर्षा भएको हो ।

यसअघि असार १९ गते १३३ दशमलव २ मिलिमिटर वर्षा भएको थियो । लामो समयको खडेरीका कारण जमिन सुख्खा भएकोले त्यस दिनको वर्षाको खासै प्रभाव नदेखिएको महाकाली फिल्ड बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले बताए ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.