Attariya Hospital Pvt.Ltd.

महाकालीको बहाव घट्यो, शारदा ब्यारजेको पुलमा सवारी आवागमन सुरु

padma
milan sunchadi

कञ्चनपुर – महाकाली नदीमा पानीको बहाव घटेपछि शारदा ब्यारेजको पुलमा चार दिनपछि चारपांग्रे सवारी साधनको आवागमन खुला भएको छ ।

मंगलबार बिहानदेखि चारपांग्रे सवारी साधन आवागमन खुला गरिएको हो । बिहान ७ बजेको मापनअनुसार महाकालीमा पानीका बहाव ९७ हजार ६ सय क्युसेक पुगेको छ ।

पानीको बहाव १ लाख क्युसेकभन्दा तल पुगेपछि बिहान ७ बजेदेखि पुल ठूला सवारी साधनका लागि खुला गरिएको हो । शनिबारदेखि महाकालीमा पानीको बहाव बढेपछि पुलमा चारपांग्रे सवारी साधनको आवागमनमा रोक लगाइएको थियो ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.