अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ स्थीत हरैयामा यात्रुबाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडी सवार गोदावरी ६ का ४० वर्षीय नन्दराम चौधरीको मृत्यु भएको हो ।
मोटरसाइकल चालक गोदावरी ८ का ३० वर्षीय लेखकराज राज जोशी घाइते भएका छन् । आज बिहान ११ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ आईरहेको बा ५ ख १४१० नम्बरको बसले विपरीत दिँशाबाट गईरहेको सुप प्र ०१ ०११ प ४६५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । घाइते जोशीको पदमा अस्पताल अत्तरियामा उपचार भईरहेको र उनको अवस्था मध्यम रहेको जनाईएको छ ।
बस चालक हेटौँडा उपमहानगर पालिकाका ३५ वर्षीय राम शरण घर्तीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले बस सहित नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।