क्याप्टेनहरूको सर्टिफिकेटमाथि प्रश्न, अख्तियारले थाल्यो छानबिन

Image

काठमाडौँ – अख्तियार दुरुपयोग आयोगले विमान चालकहरू (क्याप्टेन) नगेन्द्र भट्टराई र निपेन्द्र भट्टराईको प्रमाणपत्र तहको शैक्षिक योग्यताका प्रमाणपत्रमाथि प्रश्न उठेको भन्दै छानबिन प्रक्रिया अघि बढाएको छ ।

आयोगबाट पटक–पटक नेपाल वायुसेवा निगमलाई भट्टराई द्वयको शैक्षिक प्रमाणपत्र उपलब्ध गराउन आग्रह गर्दा पनि कार्यालयको अभिलेखमा नभएको भनी पत्र प्रेषित गरेकोले थप अनुसन्धान अघि बढाइएको अख्तियारको भनाइ छ ।

2 ad new year 1

नेपाल नागरिक उड्डयन प्राधिकरणले सन् २००१ जनवरी देखि विमान चालकको शैक्षिक योग्यता प्रमाणपत्र तह विज्ञान वा सो सरहको हुनुपर्ने उल्लेख भएको र नगेन्द्र भट्टराई र निपेन्द्र भट्टराईले सो प्रमाणपत्र पेस गर्न नसकेपछि अख्तियारले छानबिन थालेको हो ।