Attariya Hospital Pvt.Ltd.

गोदावरी नगरपालिकाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाकोे मस्यौदामाथी छलफल

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको मस्यौदामाथी छलफल गरिएको छ । गोदावरी नगरपालिकाको आयोजनामा निड्स नेपाल,केयर नेपाल,सिआर आर र एफडब्लु एलडीको सहकार्यमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाकोे मस्यौदामाथी छलफल तथा अनुमोदन कार्यक्रम गरिएको हो ।

कार्यक्रममा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना अध्यावधिक गर्न शाखा प्रमुखहरु,जनप्रतिनिध,विभिन्न संस्थासँगको सहकार्यमा विपद्बाट क्षति कम गर्न बनाइएका मस्यौदामाथी छलफल गर्दै केहि विषयहरु थप समेत गरिएको छ । सो मस्यौदालाई बैठकले अनुमोदन गरेको छ ।

Siddi ganesh

विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि सुरक्षा,शिक्षा,स्वास्थ्य,सामाजिक, भौतिक पूर्वाधार, तन्दुस्त सुचना प्रणाली, खानेपानी,शौचालय, सरसफाई,सवारीसाधनको व्यवस्थापन लगायतका बिषय रहेको बताइएको छ ।

विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाका लागी स्वास्थ्य क्षेत्रमा आवश्यक बन्दोबस्तको तयारी, जनशक्ती तथा स्वास्थ्यकर्मीको पूर्वतयारी अपनाउनु पर्नेमा जोड दिईएको छ ।

छलफलमा गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकाया,प्रमुख प्रशाशसकिय अधिकृत,वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु,विभिन्न शाखा प्रमुखहरु,रेडक्रस उपशाखा अत्तरियाका प्रतिनिधी लगायत विभिन्न क्षेत्रमा आवद्ध सरोकारवाला तथा साझेदार संस्थाहरुका प्रतिनिधी हरुको सहभागीता रहेको थियो ।

बैठकले विपद् प्रतिकार्य अगुवा संस्थाका रुपमा रेडक्रस उपशाखा अत्तरियालाई तोकेको छ । त्यस्तै केहि साझेदार संघ संस्थाहरुको नाम थप गर्न सकिने जनाईएको छ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.