अत्तरिया – नवनियुुत्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सुदूरपश्चिमबाट चारजना मन्त्री बनेका छन् ।
जसमा एमाले बाट १ जना र काँग्रेसबाट ३ जना रहेका छन् ।कांग्रेसबाट गृहमा कंचनपुरका रमेश लेखक ,परराष्ट्र मन्त्रीमा डा. आरजु राणा देउवा र पर्यटन मन्त्रीमा बद्री पाण्डेले सपथ लिएका छन् ।
एमालेबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा दामोदर भन्डारीले सपथ लिएका छन् । उनिहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ खुवाएका हुन ।
एमाले र कांग्रेसबिच भएको नयाँ सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् । ओली नेतृत्वको मन्त्री मन्डलका २१ जना मन्त्रीहरुले सपथ आज नै लिएका छन् ।