
अत्तरिया – नेपाल कम्युनिस्ट पार्टी एमालेका गोदावरी नगर उपाध्यक्ष किर्त बहादुर चन्दको निधन भएको छ ।
कैलालीको गोदावरी-१ भरतपुरका बासिन्दा चन्द आज बिहान आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागि धनगढी लगिएको छ । ५४ वर्षीय चन्द पूर्व सैनीक समेत हुन् ।
एमालेको राजनितिमा सक्रिय रहेका उनी गत वैशाखमा भएको गोदावरी नगरस्तरीय अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए ।
घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।