कर्णाली पुलबाट हाम फालेर एक जना बेपत्ता

Image

धनगढी – कर्णाली पुलबाट हाम फालेर एक जना नदीमा बेपत्ता भएका छन्।

शनिवार लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित परिचय र ठेगाना नखुलेका अन्दाजी ६५ वर्षीय पुरूषले कर्णाली पुलबाट हाम फालेको प्रहरीले जनाएको छ।

2 ad new year 1

नदीमा बेपत्ता भएका उनको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगी नेतृत्वको टोलीले खोजी गरिरहेको प्रहरीले जनाएको छ।