कैलालीमा ४२ औँ विपिस्मृति दिवस मनाईयो

Image

अत्तरिया – नेपाली कांग्रेस कैलालीले विभिन्न कार्यक्रम गरी ४२ औँ विपी स्मृति दिवस मनाएको छ ।

कांग्रेस कैलालीले १० ओटा प्रदेश क्षेत्रीय कार्य समितिमा विविध कार्यक्रम गरी स्मृति दिवस मनाएको हो ।

कैलाली क्षेत्र नम्बर ५ प्रदेश क कार्य समितिले धनगढी ७ बेलीमा रहेको हनुमान मन्दिरको सरसफाइ तथा बृक्षारोपण गरी स्मृती दिवस मनाएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका बिभिन्न क्षेत्रका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सो समितिले ४२ ओटा विभिन्न जातका बिरुवा बृक्षारोपण गरेको कैलाली क्षेत्र नम्बर ५ क का सभापति सीताराम रानाले बताए ।

यस्तै कैलाली क्षेत्र नम्बर ५ ख कार्य समितिले पनि सेती प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल बितरण गरेको क्षेत्र नम्बर ५ ख का सभापति केशबराज जोशीले जानकारी दिए ।