अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० को कार्यालयमा प्रहरी परिचालन गरिएको छ ।
विद्यालयको समायोजनको विषयलाई लिएर स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेपछि इलाका प्रहरी कार्यालय मालखेतीले प्रहरी परिचालन गरेको हो ।
तालाबन्दीपछिकोपछिको सुरक्षा अवस्थालाई मध्यनजर गरि प्रहरी नायब निरीक्षकको कमान्डमा ११ जनाको टोली खटाईएको इलाका प्रहरी कार्यालय मालखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले बताएका छन् ।