सुदुरपश्चिम प्रदेश सभाको बैठक सकियो

Image

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आज देखी सुरू भएको छ । आजको बैठक साढे दुई मिनेटमा सकिएको छ । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र सभामुख भिम भण्डारीले पढेर सुनाउने मात्रै आजको कार्यसूची तय रहेको थियो ।

प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाका एक चौथाईभन्दा बढी सांसदले विशेष अधिवेशन माग गरेपछि आज को बैठक बोलाएका हुन । बैठकमा सरकार पक्षिय सांसदहरुको भने उपस्थिती रहेको थिएन । केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि सुदूरपश्चिम सरकारबाट असार २० गते एमाले बाहिरएको थियो।

एमाले बाहिरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री दीर्घ सोडारीले चालु आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट प्रदेश सभाबाट पारित गराउन नसकेपछि बजेट शून्यतामा गएको छ। बजेट शून्यताको अवस्था आएपछि प्रदेश प्रमुख मियाँले बुधबार संसदको विशेष अधिवेशन आह्वान गरेको जनाइएको छ।