ग्वासी समैजी शिव मन्दिरमा सप्ताह ज्ञान विज्ञान महायज्ञ सुरू

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा न. १ मा रहेको ग्वासी समैजी शिव मन्दिरमा सप्ताह ज्ञान विज्ञान महायज्ञ सुरू भएको छ ।
महायज्ञको आज गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले उद्घाट्न गरेका हुन् । १६ गतेसम्म चल्ने महायज्ञमा अच्युत शरण महाराज मुख्य कथावाचकको रुपमा रहेका छन् ।

उद्घाटन पश्चात नगर प्रमुख भट्टले मन्दिरलाई आवश्यक पर्ने कुराहरूको लागी आफ्नो व्यक्तिगत साथै गोदावरी नगरपालिकाको तर्फबाट सहयोग गर्न तत्पर रहने बताए ।
यस्तै सप्ताहमा गोदावरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष गोपालदत्त भट्टले सप्ताहले विभिन्न विकृतिलाई सुधार ल्याउनुका साथै धर्मप्रति आस्था जगाउने विश्वास रहेको बताए ।

nisarga

समाजमा फैलदै गएको लागू औषध लगायत नकारात्मक क्रियाकलापहरुलाई फैलिनबाट रोक्न सञ्चालनमा ल्याइएको सप्ताह महायज्ञले धर्मप्रति आस्था जगाई केही हदसम्म सुधारमा ल्याउने बताए ।

त्यस्तै मन्दिरको स्तरोन्नति, सनातन धर्म संस्कृति जोगाउनका लागि महायज्ञ सञ्चालन गरिएको ग्वासि समैजी शिव मन्दिरमा सप्ताह ज्ञान विज्ञान महायज्ञका संयोजक शंकरदत्त पन्तले बताए ।

उनले सनातन धर्म संस्कृति विकास गर्नको लागी महायज्ञमा हिन्दूधर्म सम्बन्धि ज्ञानका कुराहरू वाचन गरिने बताए । यस्तै मन्दिर निर्माण साथै मन्दिर परिसरको भौतिक विकास गर्न निम्ति साथै सम्पूर्ण सहयोगीहरुलाई भौतिक रूपमा पनि सप्ताह अवधि भरी उपस्थिति हुन आग्रह गरे ।

सप्ताहमा बाल संस्कार अभियन्ता, यज्ञाचार्य, राष्ट्रिय भजन गायकबाट भजन हुने सँगै विभिन्न धार्मिक कुराहरूको वाचन हुने आयोजकले जनाएको छ ।