बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशूलीमा हरायो

Image

काठमाडौं – चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका दुई बस खोज्न प्रयोग गरिएको एउटा १९ किलोको चुम्बक शनिबार त्रिशूलीले बगाएको छ ।

नेपाल–भारतका संयुक्त सुरक्षा फौजबाट खोजतलास कार्य जारी रहँदा पनि बस र हराइरहेका यात्रुको अवस्था अझै अज्ञात छ । अवस्था पत्ता लाग्न नसकेपछि शनिबार भारतबाट मगाइएको दुई चुम्बकको सहयोगमा खोजी गरिएको थियो ।

nisarga

खोजी गर्ने क्रममा १९ किलोको चुम्बक त्रिशूलीले बगाएर बेपत्ता भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक जनक पुरीले एउटा १९ किलोको चुम्बक हराएकाले बस र त्यो दुवैको खोजी जारी रहेको जानकारी दिए । उनले अलि तल चुम्बकको संकेत मिलेको तर भेटिन बाँकी रहेको बताए ।

त्यहाँ १४ र १९ किलोका दुई चुम्बक बसको खोजीका निम्ति प्रयोग गरिएको थियो ।