कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

Image

कञ्चनपुर – कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

भीमदत्त नगरपालिका–३ ब्रह्मदेव रोड लिङ्कमा ट्याक्टरको ठक्करबाट साइकल यात्रीको घटनास्थलमै मृत्यु भएको हो।

मंगलबार (आज) बिहान बजे ब्रह्मदेव रोड लिंक हुँदै महेन्द्रनगर बजारतर्फ आइरहेको म १ त १०१७ नम्बरको ट्याक्टरले सोहि दिसातर्फ आइरहेको साइकललाई ठक्कर दिँदा भीमदत्त–७ हल्दुखालकी ३४ वर्षिय पार्वती भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी उमेश जोशीले बताए ।

ट्याक्टर चालक भीमदत्त–३ का समिर कुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।