गोदावरीमा एक महिला घाइते अवस्थामा फेला,उपचारका क्रममा मृत्यु

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ स्थीत गेटा मेडिकल कलेज परिसरमा घाइते अवस्थामा फेला परेकी एक महिलाको मृत्यु भएको छ ।

नाम,ठेगाना नखुलेकी अन्दाजी ३५ वर्षीय ति महिलालाई बुधबार बेलुकी इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले उद्धार गरि पदमा अस्पतालमा सामान्य उपचारपछी सेती प्रादेशिक अस्पताल पठाएको थियो ।

उनको उपचारका क्रममा राती ८ ः१५ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।