
काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नराख्ने घोषणा गरेका छन्।
आज बिहान सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिँदै उनले आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएसम्म कुनै पनि पार्टीका बैठक सरकारी निवास बालुवाटारमा नराख्ने घोषणा गरेका हुन्।

एमालेले आज सचिवालय बैठक बोलाएको छ। तर, सोमबार राति आएको भीषण वर्षाले पार्टी मुख्यालय च्यासलमा पानी पसेपछि आजको बैठक होटल बसेरामा राखिएको छ। उनले लेखेका छन्,।