उपचारका क्रममा मृत्यु भएकी महिलाको पहिचान खुल्याे, अटाे चालकले अन्यत्रै लैजान खाेज्दा हाम फालेकी थिइन्

Image

अत्तरिया – कैलालीको सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलाको पहिचान खुलेकाे छ ।

बुधबार माेहनापुल अत्तरिया ६ लेन सडकखण्डमा घाइते भेटिएकी महिला धनगढी उपमहानगरपालिका-११ बरबट्टाकि ३५ वर्षीया कुमारी चाैधरी भएकाे खुलेकाे प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा बुधबार राती ८ ः१५ बजेको समयमा मृत्यु भएको थियो ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले मृतककाे झाेलामा भेटिएकाे पासपोर्ट साईजकाे फाेटाेका आधारमा उनकाे पहिचान भएकाे बताए ।

“झाेलामा भेटिएकाे पासपोर्ट साईजकाे फाेटाेमा फाेटाे स्टुडियोकाे छाप रहेछ । त्यसैका आधारमा उनकाे पहिचान गर्न सकिएकाे हाे,” एसपी बिष्टले भने, “अनुसन्धान गर्दै जादा माइती जान हिडेकी रहिछन् । अटाे चालकले गेटाबाट भित्र राेड लैजान खाेज्दा आत्तिएर हाम फालेकी रहेछिन् ।”

मृतक महिला धनगढीकाे राजपुरकाे फ्लाेर मिलबाट माइती घर कञ्चनपुर जान सुपप्र ०१००१ ह ४८५७ नम्बरकाे अटाे रिक्सामा चढेकी थिइन् ।

मापसे गरेकाे अवस्थामा रिक्सा चलाइरहेका चालक गाेदावरी नगरपालिका-५ बस्ने ३६ वर्षीय जितबहादुर दमाईले गेटामा पुग्दा तीब्र गतिकाे अटाे आँखा अस्पतालतर्फकाे भित्री सडकमा लैजान खाेजेका थिए ।

साेही क्रममा आत्तिएर उनले हाम फालेकी थिइन् । अटो चालक र अटाेमा सवार उनक साला २३ वर्षीय कालु दमाईलाई प्रहरीले पक्राउ गरेकाे छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।