कञ्चनपुरमा उखु बारीमा पसेको नरभक्षी बाघ नियन्त्रणमा

Image

अत्तरिया – कञ्चनपुरको दोधारा चाँदनीमा उखु बारीभित्र पसेको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ ।

आज बिहान डार्ट प्रयोग गरि बाघलाई नियन्त्रणमा लिईएको हो । उक्त बाघलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लगिएको छ । त्यसपछि कहाँ लग्ने भन्ने बारे छलफल गरेर टुङ्गो लाग्ने बताइएको छ ।

उक्त नरभक्षी बाघको आक्रमणमा परेर बिहीबार बिहान ११ बजे दोधारा चाँदनी नगरपालिका –२ की २० वर्षीय हिरा शाहको मृत्यु भएको थियो । धान खेतमा काम गरिरहेकी उनको शव नजिकैको उखुबारीमा फेला परेको थियो ।