धनगढी – सुदूरपश्चिममा आज चौथो पटक सरकार गठन हुने भएको छ । आज कांग्रेसको तर्फबाट कमल बहादुर शाहले प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा दाबी पेश गरेका छन ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाले आज बेलुकी ५ बजेसम्म नया सरकार गठनका लागि आह्वान गरेका थिए ।
शाहले कांग्रेसका १८ र एमालेका ११ गरी २९ जनाको हस्ताक्षर सहित दाबी पेश गरेका हुन । सरकार गठनका लागि २७ प्रदेश सभा सदस्य संख्या बहुमत हो ।