Attariya Hospital Pvt.Ltd.

कञ्चनपुरको ‘रेकर्ड ब्रेक’ वर्षाबारे स्थलगत अध्ययनले के देखायो ?

padma
milan sunchadi

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले यस वर्ष कञ्चनपुरमा भएको भारी वर्षाबारे जानकारी दिएको छ ।

गत असार २३ र २४ गते २४ घण्टाको अवधिमा कञ्चनपुरमा वर्षाको विवरण राख्न थालेयताकै सर्वाधिक (६२४ मिलिमिटर) वर्षा मापन गरिएको थियो । विभागले सन् १९४७ देखि वर्षाको तथ्यांक राख्दै आएको छ ।

‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययनका लागि विभागको टोली स्थलगत अध्ययनका लागि कञ्चनपुर गएको थियो । टोलीले दोधारा, हनुमान नगर र सुन्दरपुरमा जडित स्वचालित वर्षा मापन उपकरणहरूको स्थलगत परीक्षण गरेको थियो ।

Siddi ganesh

परीक्षणका क्रममा दोधारा र हनुमान नगर हावापानी केन्द्रमा जडित उपकरणको कार्य अवस्था विभागको हालको मापदण्डभित्र रहेको पाइएकाले ती केन्द्रबाट प्राप्त तथ्यांक सही रहेको विभागले जनाएको छ ।

plastik

तर, सुन्दरपुर केन्द्रमा जडित उपकरणबाट हाल प्राप्त भएको तथ्यांक विभागको मापदण्डभन्दा फरक देखिएकाले थप अध्ययन गर्नुपर्ने देखिएको विभागले सोमबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विभागका अनुसार कञ्चनपुर क्षेत्रमा सतही, मध्य र उपल्लो वायुमण्डलमा मनसुनी र पश्चिमी वायुमा विकास भएको न्यूनचापीय प्रणालीहरूको समिश्रणका कारण अत्यधिक वर्षा भएको हो ।

“यी प्रणालीहरूको समिश्रणको प्रक्रिया तथा वर्षाको परिमाणको आधारमा उक्त मौसमी घटनालाई ‘तराई क्लाउडवर्ध’ मान्न सकिन्छ,” विभागले भनेको छ ।

विभागले क्षति न्यूनीकरणमा समयमै प्रवाह गरिएका विशेष बुलेटिन, प्रभावमा आधारित मौसम पूर्वानुमान, मास एसएमएस सेवा तथा पर्याप्त पूर्वतयारी र पूर्वकार्य एवं प्रभावकारी खोज तथा उद्धार कार्यको प्रमुख भूमिका रहेको बताएको छ ।

“जलवायु परिवर्तनका कारण यस्ता विषम जल तथा मौसमी घटनाहरू बढ्दै जाने हुँदा विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वानुमान तथा पूर्वतयारी लगायतका उपरोक्त क्षेत्रहरूमा लगानी बढाउँदै जानु आवश्यक देखिन्छ,” विभागले भनेको छ ।

Nawadurga
nast bbs
Leave A Reply

Your email address will not be published.