अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–४ मा रहेको सेल्फीडाँडा लाई पर्यटकीय स्थलमा विकास गरिन थालिएको छ ।
सेल्फीडाँडामा पार्क निर्माण गर्न सेती सामुदायिक वन र बालग्रीस ट्रेडिङ् प्रा.लिसंगको सहकार्यमा नगरपालिकाले आँप, लिची, अम्बा, सयपत्री, गुल्मोहर लगायतका फूल तथा बिरुवा रोपण गरेको छ ।
भिमदत्त राजमार्ग अन्तरगत गोदावरी पुलबाट सवारीमार्फत करिब १० मिनेटको दुरीमा पर्ने सेल्फीडाँडामा पार्क निर्माण भएमा पर्यटकको संख्या समेत वृद्धी हुने नगरपालिकाको विश्वास छ ।