Attariya Hospital Pvt.Ltd.

यी दुई प्रदेशमा आज भारी वर्षाको सम्भावना

padma
milan sunchadi

काठमाडौं – देशका केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।

बिहान वाग्मती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली छ । बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ ।

plastik

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

Siddi ganesh

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा छ ।

Nawadurga
nast bbs
Leave A Reply

Your email address will not be published.