Attariya Hospital Pvt.Ltd.

जब प्रहरीले भात पस्केको थाल देखेन…

padma
milan sunchadi

अत्तरिया – बिहान ५ बजेको सेरोफेरोमा उठेर मट्का चिया र जुस सेन्टरमा सरसफाइ गर्नु,सरसामान मिलाउनु र ठिक ६ बजे चिया खान आउने ग्राहकका लागि तयारी अवस्थामा राखेसंगै अत्तरियाका क्षितिज साँउद र चित्र साहु लगायतको दैनिकी सुरु हुन्छ । त्यहि सेरोफेरोमा दिपक ओझा सामान लिन धनगढीतिर निस्कीन्छन् । अत्तरियाको लोटस गल्लीमा मट्का चिया,लस्सी र थ्रीडीभीएल जुस सेन्टर सञ्चालन गर्दै आएका यी युवाहरुको टिमले अत्तरियामै थ्रीडीभीएल प्रोडक्सन र सहकारी पनि चलाउँदै आएको छ ।

जस्को नेतृत्व दिपक ओझाले गर्दै आएका छन् । दिनैभरी यी काममा व्यस्त रहने यो टिममा १० जना युवा स्वरोजगार बनेका छन् । आफ्नै देश र ठाँउमा केहि गर्नुपर्छ भन्ने चिन्तन बोकेर हिँडेको यो टिम अत्तरिया क्षेत्रमा उदाहरणीय टिम पनि हो । बेला बेलामा सडक मानवहरुको उद्धार तथा विपद्धमा रहेकाहरुलाई सहयोग समेत संकलन गर्ने यी युवाहरु आफ्नै संघर्ष र “विदेश होइन देशमै केहि गर्ने हो” भन्ने लक्ष्य लिएर उभिएका छन् । कोरोनाको कहरको समयमा उदाएको हो थ्रीडीभीएल क्रियसन ।

स्नातक तह पढ्दै विभिन्न काममा अभिरुचि राख्ने यी युवाहरु छोटो समयमै विभिन्न ढंगबाट संस्थालाई बिस्तार गर्न सफल भए । आजभोली सहकारी,पोडक्सन हाउस, मट्का चिया,लस्सी र जुस सेन्टरलाई मुख्य प्राथमिकतामा राखेर काम गर्दै आएका छन् । यिनीहरुले सञ्चालन गर्दै आएकोे जुस सेन्टर पनि अत्तरिया क्षेत्रका लागि नौलो नै हो । रेडिमेट जुसहरु पाइने भएपनि ताजा र ग्राहकको रोजाई बमोजिमको फलफूलको जुस बनाएर बेच्न यहि टिमले सुरु गरेको हो,जो निकै रुचाईएकोे छ । प्रोडक्सन हाउसमा फोटो,भिडियोको काम होस् वा मट्का चिया,लस्सी र जुस बनाउने काम नै होस् ।

Siddi ganesh

कुनै छुट्टै तालिम लिएका छैनन्,युट्युब हेरेरै पोख्त बनेका हुन् यिनीहरु । हिजोआज बिहेको सिजन नभएकोले प्रोडक्सन हाउसमा खासै काम छैन,त्यसैले दिनैभरी चारजना चिया र जुस सेन्टरतिरै खटिन्छन् । यस क्षेत्रमा नयाँ स्वाद भएकोले पनि यिनीहरुको व्यवसाय सन्तोषजनक छ । दिनभरी काम गर्छन् त्यहि सटरमा राखीएको चुलोमा खाना पकाएर खान्छन् र १० बजे सटर बन्द गरेर सुत्न जान्छन् यो टिमको दैनीकी यहि हो । गत बुधबार राती खाना खान बस्दा १० बजेर १५ मिनेट गएको थियो । व्यसायीक कारोबार बन्द गरिसकिएको थियो भने सटरमै खाना पकाएर खानु पर्नुपर्ने भएकोले सटर खुल्ला नै थियो ।

plastik

इलाका प्रहरी कार्यालय मालाखेतीले राती १० बजे अनिवार्य रुपमा व्यवसाय बन्द गर्न आग्रह गर्दै आएको छ । रातीको समयमा घ्टन सक्ने घटनालाई मध्यनजर गरेर १० बजे अनिवार्य रुपमा व्यवसाय बन्द गर्नुपर्ने उसको भनाई छ । यो नियम विशेष गरि होटलहरुमा लागू हुने गरेको छ । बुधबार राती साउँद र साहुसहित डबल साउँद र राजेश साउँदले थालमा भात पस्केर हात जुठो मात्रै पारेका थिए । त्यहिबेला भ्यानसहित इलाका प्रहरी कार्यालय मालाखेतीको टोली आयो र जंगीदै भन्यो, “ए के गरेको अहिलेसम्म?पसल बन्द गर्नु पर्दैन?” “पसल बन्द गरिसक्यौँ त,खाना खाँदैछौ,खाइसकेर सटर बन्द गछौँ ।” टेबलबाटै डबल साउँद बोले । “ए के भनिस तैँले?” उताबाट एक प्रहरीले भने ।

“के तँ तँ भन्नुभाको?बोल्ने तरिका था छैन तपाईलाई,यहि कुरा राम्रोसंग भन्दा हुन्थ्यो नी” डबलले जवाफ फर्काए । यति भन्दै गर्दा उनीहरुले डबललाई जवरजस्ती भ्यानमा कोचे,यता भिडियो खिचीरहेका क्षितिजको हातबाट मोबाइल खोसेर,खिचिएको भिडियो डिलिट गरेर प्रहरी आफ्नो कार्यालयतर्फ लाग्यो,निकै ठुलो अपराधी समाए जस्तो गरेर । प्रहरीले भात पस्केको थाल देखेन । जुठै हात लिएर डबल इलाका प्रहरी कार्यालय मालाखेती पुगे । थालमा पस्कीएको भात क्षितिज सहितले डस्टबिनमा हाले । लगत्तै घटनाबारे जानकारी पाएका दिपक पनि प्रहरी कार्यालय पुगे ।

सम्झाईबुझाई गरेर राती नै प्रहरीले डबललाई छोड्यो । भोलीपल्ट सामाजिक सञ्जालमा यो घटनाको भिडियो बाहिरिएपछी इलाका प्रहरी कार्यालय मालाखेती आलोचित बन्न पुगेको छ । यस क्षेत्रका अधिकांश व्यक्तिले देशमै केहि गरौँ भन्ने युवाहरुमाथी प्रहरीले ज्यादती गरेको बताएका छन् । गोदावरी नगरपालिका वडा नम्बर १ का वडा सदस्य गम्भीर साउँदले व्यापारीमाथी प्रहरीले ज्यादती गरेको उल्लेख गरेका छन् । सुरक्षा दिएर भएपनि निर्वाध व्यापार गर्न दिनुपर्ने उनको भनाई छ । उनले व्यसायीमाथी भएको ज्यादतीबारे व्यवसायीक संगठनहरु मुकदर्शक बनेको पनि बताएका छन् ।

त्यस्तै अत्तरिया उद्योग वाणिज्य संघका महासचिव समेत रहेका शंकर खड्काले भिडियो शेयर गर्दै प्रहरीको हर्कतप्रति आपत्ति जनाएका छन् । थ्रीडीभीएलका अध्यक्ष ओझाले देशमै केहि गरौँ भन्नेहरुलाई प्रहरी प्रशासनको यस्तो व्यवहारले खिन्न बनाएको बताए । “नियम सबैले मान्नुपर्छ,त्यहि अनुसार १० बजे व्यवसायीक कारोबार हामीले बन्द गरिसकेका हुन्छौँ,काम सकेपछी नै खाना खाने हो,घरमा बस्नेले त घर गएर खाला,त्यहि सटरमा पकाएर खानेले के गर्ने ?,उनले भने, १० बजे व्यवसाय बन्द गर्ने हो की,सटर बन्द गर्ने हो?”

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले सामान्य विवाद मात्रै भएको र घटनाको भोलिपल्टै दुवै पक्षलाई राखेर कुरा गरिसकेको बताए । “रातीको समयमा सुरक्षा चुनौती बढी हुन्छ,त्यसैले हामीले १० बजे सबै व्यवसायहरु अनिवार्य रुपमा बन्द गर्नुपर्ने बताँउदै आएका छौँ,उहाँहरुले अली ढिलासम्म खोल्नुभएको रहेछ,त्यहिक्रममा सामान्य विवाद भएको हो ।”

Nawadurga
nast bbs
Leave A Reply

Your email address will not be published.