पशुपतिमा कोटिहोमको अन्तिम दिन तनाव

Image
maya metro

एक महिनादेखि पशुपतिनाथ क्षेत्रमा सञ्चालन भएको ‘कोटिहोम’ धार्मिक कार्यक्रमको अन्तिम दिन तनाव भएको छ। शुक्रबार राति समापन हुँदै गर्दा सोधपुछका लागि पुगेका सादा पोशाकका प्रहरी र आयोजक पक्षबिच झडप भएको हो।

कोटिहोमका मुख्य आयोजक विजयकृष्ण मूर्तिलाई प्रहरीले पक्राउ गर्न खोज्दा कोटिहोम तनावग्रस्त बनेको बताएको छ।

nisarga

विजयकृष्ण बोल्दै आफू गिरफ्तार भएको भन्दै आन्दोलन गर्न आदेश दिएका थिए।लगत्तै उनका समर्थकले प्रहरी र सरकारविरुद्ध नाराबाजी गरेका थिए। समर्थकले निरन्तर हुलहुज्जत गरेपछि प्रहरी फर्किन बाध्य भएको थियो।