भैँसीले बाघलाई मार्‍यो

Image

सुन्दा अचम्म लाग्ला । तर मकवानपुरमा गए राति भैँसीले बाघलाई मारेको छ ।

भैँसीको गोठमा पसेको बाघले भैँसीलाई आक्रमण गर्ने क्रममा भैँसीले प्रतिकार गरी बाघ मारेको हो ।

बाघ बुढो भएकोले भैँसीको प्रहार झेल्न नसकेको नेपाली सेनाको अनुसन्धानबाट खुलेको छ ।

भैँसी भने सामान्य घाइते मात्र भएको छ ।