अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर -२ अत्तरियाबाट १६ किलो चरेशसहित एक महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा बझाङ बुंगल नगरपालिका वडा नम्बर-२ दहबगर मल्ली बत्थी घर भई हाल गोदावरी नगरपालिका वडा नम्बर-२ तेघरी खानेपानी टोलमा बस्दै आएकी ४५ वर्षीय मंगली देवी धामी रहेकी छिन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाको कमाण्डमा खटीएको टोलीले आज बेलुकी धामीको साथबाट १६ किलो १८० ग्राम लागूऔषध चरेश बरामद गरेको हो ।
धामीलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।