देउवाको घर अगाडि भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीद्धारा निष्क्रिय, झोलामा थियो माटो भरेको भाँडो

Image
maya metro

अत्तरिया – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ।

धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शङ्कास्पद वस्तु फेला परेको खबर जिल्ला प्रहरी कार्यालय कैलालीले बिहान १ बजे थाहा पाएको थियो ।

nisarga

नेपाल प्रहरी त्यसलगत्तै शङ्कास्पद बस्तु भेटिएको ठाउँमा पुगेर नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो।

बिहान ५ बजे पुगेको टोलीले शङ्कास्पद बस्तु निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले. जानकारी दिए।

उनका अनुसार झोला भित्र चिया पकाउने विद्युतीय भाँडो र उक्त भाँडो भित्र माटो भरेर त्यहाँ राखिएको थियो। त्यो माटोभित्र पनि एउटा टिफिन बक्स भेटिएको र सेनाले त्यो पनि हेरिरहेको उनले बताए। यस विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।