अत्तरिया – कैलालीमा क्रेनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा लम्कीचुहा–४ का ४२ वर्षीय किरणप्रसाद शर्मा रहेका छन् ।
शर्मालाई लम्कीचुहा नगरपालिका–४ बलियामा पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश–२–०३–००१क २०२७ नम्बरको क्रेनले सोमबार राती नौँ बजेतिर ठक्कर दिएको थियो।
ठक्करबाट घाइते भएका शर्मालाई उपचारको लागि लालरत्न अस्पताल लम्की लगिएकोमा थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरेकोमा हिजो राति नै बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
क्रेन र क्रेन चालक धनगढी उपमहानगरपालिका–१९ का २५ वर्षीय सुरज चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।