सशस्त्रका ४ डीआईजी र १५ एसएसपीहरुको सरुवा

Image

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालका ४ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ।

गृहमन्त्रीस्तरको निर्णयअनुसार बुधबार ४ जना डीआईजीको सरूवा गरिएको सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ।

nisarga

जसअनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीमा कार्यरत डीआईजी अभिकुमार खत्रीलाई सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको मानव स्रोत साधन विभागमा सरुवा गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालयमा सुर्खेतमा कार्यरत डीआईजी दुर्गाप्रसाद भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा सरुवा गरिएको छ।

राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय सिंहदरबारमा कार्यरत डीआईजी प्रदीपकुमार पाललाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही पठाइएको छ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय स्रोत साधन विभागमा कार्यरत डीआईजीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सरुवा गरिएको छ।

यस्तै सशस्त्रका १५ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को पनि सरुवा भएको मुख्यालयले जनाएको छ।

सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक कृष्णराज पाठकलाई बडिमालिका जवान तालिम शिक्षालय कैलालीमा पठाइएको छ ।

विनोदराज श्रेष्ठलाई प्रधान कार्यालयस्थित सीमा सुरक्षा विभाग, प्रविण कँडेललाई मानवश्रोत विभाग, दिगविजय सुवेदीलाई कार्य विभाग र विश्वकुमार भट्टराईलाई सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ ।

कमलप्रसाद तिउसीना नम्बर–५ विन्ध्यवासिनी मुख्यालय रुपन्देहीमा सरुवा भएका छन् । नीरकृष्ण अधिकारीलाई नम्बर–९ पशुपति बाहिनीमा सरुवा गरिएको छ ।

राजस्व भन्सार तथा औधोगिक तालिम शिक्षालय टिकापुरमा नरेन्द्र सेन, नवलपरासी स्थित सिमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा शंकर खनाल र झापास्थित पाथिभरा जवान तालिम शिक्षालयमा राजेश उप्रेतीलाई सरुवा गरिएको छ ।

जवान तालिम शिक्षालय नौबस्तामा गंगाराम श्रेष्ठ, सप्तरीस्थित दन्तकाली विशेष कार्य तालिम शिक्षालयमा नेत्रबहादुर कार्की र नम्बर–४ बाहिनी मुख्यालयमा रमेशकुमार पाण्डेलाई सरुवा गरिएको छ ।

विकाश घिमिरेलाई खेलकुद तथा शारीरिक सुगठन शिक्षालय र जहरसिंह बुढामगरलाई कार्य विभागमा सरुवा गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । गृहमन्त्री रमेश लेखकले एसएसपीहरुको सरुवा निर्णय गरेका हुन् ।