Attariya Hospital Pvt.Ltd.

सरकारले दुई तिहाइको दम्भ देखाए सडकमा जाने प्रचण्डको चेतावनी

padma
milan sunchadi

धनगढी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस-एमालेले दुई तिहाइको दम्भ देखाए सडकमा जाने चेतावनी दिएका छन्।

धनगढीमा बिहीबार पत्रकारहरूसँग बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफूले हालै संसदमा यस विषयमा खबरदारी गरेको उल्लेख गरे।

‘दुई तिहाइको घमन्ड नगर्नुस् सुध्रिनुस् भनेर मैले अस्ति संसदमा सम्झाएको मात्र छु।’ प्रचण्डले भने, ‘अलि बढि गर्नुभयो भने हामी सडकमा जान्छौं।’

Siddi ganesh

आफ्नो नेतृत्वको सरकारले गरेका काम जनताले बुझेको भन्दै प्रचण्डले अहिले एमाले–कांग्रेस रक्षात्मक हुनुपर्ने अवस्थामा पुगेको बताए। कांग्रेस-एमालेले संविधानमा घात गर्न सक्ने उनको आशंका छ।

‘उहाँहरूले संविधानमा घात गर्नुहुन्छ कि भन्ने आशंका छ। उहाँहरू पछाडि लैजान चाहनुहुन्छ। साँच्चै भन्दा उहाँहरूले संविधान हेर्दा जतासुकै माओवादी देख्नुहुन्छ’, प्रचण्डले भने, ‘समावेशी भने पनि माओवादी, समानुपातिक भने पनि माओवादी, दलित, महिला, मुस्लिम भने पनि माओवादी, गणतन्त्र भने पनि माओवादी भनेपछि कसरी माओवादीलाई ठीक गर्ने भन्ने परेको छ।’

plastik

खगराजलाई सुदूरपश्चिम संसदीय दलको नेता बनाउन प्रचण्डले दिए चौथोपटक निर्देशन

प्रचण्डले सुदूरपश्चिममा संसदीय दलको नेता खगराज भट्टलाई बनाउन चौथोपटक निर्देशन दिएका छन् । धनगढीमा बसेकाे पार्टीकाे परामर्श बैठकपछि अध्यक्ष प्रचण्डले तत्काल खगराजलाई दलको नेता बनाउन निर्देशन दिएका हुन् ।

`यसअघि नै अध्यक्ष र महासचिवबाट खगराजलाई दलको नेता बनाउन सर्कुलर भइसकेको हो,´ अध्यक्ष प्रचण्डले भने, `उक्त सर्कुलर तत्काल कार्यान्वयन हुन्छ । त्यसका लागि यो बैठकले निर्देशनात्मक निर्णय पनि गरेको छ ।´

अब दलको बैठकबाट खगराजलाई दलको नेता बनाउने निर्णय गरिने बताइएको छ । १२ माघ २०८०देखि नेकपा माओवादी केन्द्र, सुदूरपश्चिम संसदीय दलमा विवाद छ । सो दिन ११ जना सदस्य रहेको माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलले बहुमतबाट भट्टलाई दलको नेताबाट हटाउने निर्णय गरेको थियो ।

बहुमत सदस्यहरूले त्यतिबेला प्रमुख सचेतक रहेका मानबहादुर धामीलाई संसदीय दलको नेता चयन गरेका थिए । भट्टलाई संसदीय दल नेताबाट हटाउने निर्णयमा संसदीय दलका उपनेता अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी मालले हस्ताक्षर गरेका थिए ।

त्यसको ५ महिनापछि असार पहिलो साता प्रचण्डले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए । उनले पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका भट्टलाई सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलका नेतामा पुनर्स्थापित गरेर प्रदेशमा पार्टीलाई एकताबद्द बनाउन निर्देशन दिएका थिए ।

Nawadurga
nast bbs
Leave A Reply

Your email address will not be published.