अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थीत गोदावरीधाममा नवनिर्मित संस्कारशालाको उद्घाटन गरिएको छ । शुक्रबार गोदावरी नगपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले भवनको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले अन्तिम संस्कार सम्पन्न गर्न सहज होस् भन्ने उदेश्यले संस्कारशालाको निर्माण गरीएको बताए ।
“गोदावरीधाममा विभिन्न ठाँउबाट शवहरु आउने भएकोले कतिपय बाहिरबाट आउने व्यक्तिहरुलाई अन्तिम संस्कारका लागि स्थानको आवश्यकता परीरहेको हुन्छ उनले भने त्यस्ता व्यक्तिहरुलाई सहजता हुने विश्वास लिएको छु ।”
त्यस्तै नगर उप प्रमुख शारदा देवी रोकायाले कोठा भाडामा बस्ने लगायतका व्यक्तिहरुले अन्तिम संस्कार गर्न झेलीरहेको समस्या समाधान हुने बताईन् ।
उनले गोदावरी प्रदेशकै मुख्य प्रवेशद्धार भएकोले गोदावरीधाममा संस्कारशालाको निकै आवश्यकता देखेर आफुहरुले पहल गरेको बताईन् । गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले जनताका पक्षमा काम भएको बताए ।
“गोदावरीधाममा थुप्रै विकास निर्माणका काम भएका छन्,उनले भने संस्कारशाला पुर्णरुपमा जनतालागि निर्माण भएको संरचना हो ।”सहरी विकास संघीय कार्यान्वयन इकाइ धनगढीको आर्थिक सहयोगमा चारकोठे भवन निर्माण गरीएको हो ।
भवनको हत्तिनाथ निर्माण सेवाले भ्याट बाहेक २८ लाख ५० हजारमा गत फाल्गुनमा ठेक्का लिएको थियो ।