गोदावरीबाट लागूऔषधसहित एक जना पक्राउ

Image

अत्तरिया – कैलालीको गोदावरीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

शनीबार गोदावरी नगरपालिका–८ जोनापुरका दिल बहादुर चौधरी लागूऔषधसहित पक्राउ परेका हुन।

उनको घरबाटै २९० मिलिग्राम लागूऔषध र घर बाहिर राखेको प्लाष्टिकको बोरामा २ किलो गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

चौधरीमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।