Attariya Hospital Pvt.Ltd.

समिट एयरलाइन्सले भोलिदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा उडान भर्ने

padma
milan sunchadi

अत्तरिया – सुदूरपश्चिमको पहाडी जिल्लामा समिट एयरले भोलिदेखि नियमित उडान भर्ने भएको छ। अब हप्ताको हरेक सोमबार र विहिबार नेपालगञ्जबाट धनगढी र पहाडी जिल्लामा उडान भर्ने कार्यतालिका छ। नेपालजञ्जबाट हुम्ला–सिमिकोट उडान गरेर विहान करिब ९ बजेट धनगढी आउने र धनगढी–बझाङ–धनगढी र धनगढी–साँफे र नेपालगन्ज उडान भर्ने तालिका बनाइएको छ। यो सोमबार उडाउन भर्ने कार्यतालिका हो।

plastik

अर्को सिमिकोटबाट धनगढी–बझाङ हुँदै नेपालगन्ज विहिबार उडान भर्ने गरी तालिका रहेको छ। सुदूरपश्चिमको पहाडी जिल्लामा नियमित उडान भर्ने योजना बनाएको समिट एयरको टुइन अटर बिमान मौसम लगायत कारण केही समय उडान कार्य अवरुद्ध बन्न पुगेको थियो। २०३५ सालमा धुले धावनमार्गमा हवाई उडान सुरु भएको बझाङ विमानस्थल २०६६ सालदेखि पूर्ण रुपमा बन्द थियो।

द्वन्द्वकालमा समेत नियमित उडान भइरहेको बिमानस्थलमा शान्ति स्थापना भएसंगै यात्रुहरुको संख्या घटेको कारण देखाउँदै नेपाल वायुसेवा निगमले उडान बन्द गरेको थियो। पछिल्लो समय पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धावनमार्ग कालोपत्र गरेपछि नियमित उडान सुरु भएको थियो।

Siddi ganesh

बिचमा विविध कारण उडान हुन नकेपनि भोलिदेखि समिटले नियमित उडान भर्ने धनगढी विमानस्थल कार्यालका प्रमुख गणेशबहादुर सिंहले बताए। यसअघि धनगढीलाई बेस बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न परीक्षण उडान गरिएको थियो। समिट एयरले धनगढीबाट डोटी, बझाङ र बैतडीमा परीक्षण उडान गरेको थियो।

Nawadurga
nast bbs
Leave A Reply

Your email address will not be published.