धनगढीमा करेन्ट लागेर एक जनाकाे मृत्यु

Image
maya metro

धनगढी – धनगढीमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ। आइतबार साँझ साढे ६ बजे धनगढी उपमहानगरपालिका-५ तारानगरमा कैलारी गाउँपालिका-६ बस्ने ३२ वर्षीय चन्द्रे चौधरीकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

चाैधरीलाई गोपि कृष्ण जोशीको नवनिर्मित घरको पिल्लरमा मसला हाली भाईब्रेसन मेसिन चलाउने क्रममा करेन्ट लागेको थियो ।

nisarga

उनलाई तत्काल उपचारको लागी सेति प्रादेशिक अस्पताल लगिएकोमा चेकजाँच गर्दा चिकित्सकले मृत्यु घोषण गरेका थिए ।