Attariya Hospital Pvt.Ltd.

गोदावरी नगरपालिकाद्वारा अत्तरिया बजारमा अनुगमन

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले नगरपालिका भित्र प्लाष्टिकजन्य वस्तु पूर्ण प्रतिवन्धका लागि बजारमा अनुगमन सुरु गरेको छ ।  अत्तरिया बजारमा नगरपालिकाद्वारा प्लाष्टिक जन्य पदार्थ प्रतिबन्ध सँगै व्यवसायी दर्ता विवरण जानकारी लिन अनुगमन गरेको हो ।

नगरउपप्रमुख शारदा देवी रोकायाको संयोजकत्वमा प्रमुख प्रशासकिय अधिकृत, विभिन्न वडाका वडा अध्यक्ष, विभिन्न शाखाका कर्मचारी,इलाका प्रहरी कार्यालय मालाखेतीका, नगर प्रहरी लगायतको टोलीले गोदावरी नगरपालिका वडा नं. २ पहाड लाईन र वडा न. १ को धनगढी लाईनमा रहेको पसलहरुको अनुगमन गरेको हो ।अनुगमनमा प्लाष्टिक जन्य पदार्थ भोली देखि नै कडाईका साथ लाग्ने र आज सबैलाई जनचेतना सँगै प्रतिबन्धित प्लाष्टिक प्रयोगमा नल्याई दिन अनुरोध समेत गरेको छ ।

plastik

बजार अनुगमनकै क्रममा गोदावरी नगरपालिकाका उप प्रमुख एवम् अनुगमन समितिकी संयोजक शारदा देवी रोकायाले बजारमा प्लास्टिक युक्त वस्तु निषेधित गर्ने,फर्म दर्ता ,नवीकरण भए नभएको अनुगमन गरिएको बताईन् ।

Siddi ganesh

शुक्रबार गरिएको अनुगमन हाल सुझाब मात्र दिएको र आगामी दिनमा प्लास्टिक जन्य वस्तुको प्रयोग गरिएको पाइएमा जरिवाना सहित कारबाही गर्ने उनले बताईन्।

यस अघि पनि नगरपालिकाले ३० दिने सुचना जारी गरेर प्लाष्टिकजन्य बस्तु प्रतिवन्ध लगाउन खोजेको थियो तर उक्त उक्त निर्णय पूर्ण रुपमा कार्यान्वयन आएको छैन । नगरपालिकाले सोही अनुसार ठाउँ ठाउँमा नगरबासीलाई सचेतना गराउन होर्डिङ बोर्ड पनि राखेको छ । नगरपालिकाले भदौ १२ गतेदेखी प्लास्टिकजन्य पर्दाथ बिक्रि तथा प्रयोगमा रोक लगाईसकेको छ ।

Nawadurga
nast bbs
Leave A Reply

Your email address will not be published.