अत्तरिया – नेपाल इन्जिनियर्स एशोसिएसनको ३४ औ केन्द्रीय कार्यकारिणी समिति र तेस्रो प्रादेशिक समितिको निर्वाचनका लागि लोकतान्त्रिक समूहका उम्मेदवारहरु धनगढी आइपुगेका छन् ।
भदौ २८ गते हुने निर्वाचनका लागि सोमबार धनगढीमा इन्जिनियरहरुको भेलामा लोकतान्त्रिक समूहका उम्मेदवारहरुले परिचयात्मक कार्यक्रमसहित मतदातासँग मत मागेका हुन् । “इन्जिनियरिङ समुदायको समुन्नति : दशकको दृष्टिकोण” भन्ने मूल नाराका साथ निर्वाचनमा होमिएको लोकतान्त्रिक समूहमा केन्द्रीय कार्यकारिणी समितिका लागि अध्यक्षमा ई सुवास चन्द्र बराल, उपाध्यक्षमा ई. प्रकाश केसी, महासचिवमा ई. विनोद प्रकाश पण्डित, उप महासचिवमा ई. अनिल मानन्धर, कोषाध्यक्षमा ई. सुमन थापा, सह-कोषाध्यक्षमा ई. कृष्ण प्रसाद पोख्रेलसहितको टिम चुनावी मैदानमा उत्रिएको छ ।
यस्तै तेस्रो प्रादेशिक कार्यकारिणी समितिको सभापतिमा ई. नवीन राज जोशी, सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्यमा ई. पूर्ण कुँवर,उप सभापतिमा ई. प्रकाश उप्रेती, सचिवमा ई. सरोज देउवा, सह-सचिवमा ई. सौरभ कलौनी र कोषाध्यक्षमा ई. कलेन्द्र खड्का सहितको लोकतान्त्रिक समूह चुनावी मैदानमा छ ।
लोकतान्त्रिक समूहले ४ ‘स’ लाई जोड दिँदैआफ्नो चुनावी एजेन्डामा उल्लेख गरको छ । समूहले सवलीकरण, सहयोग, सहकार्य र संरक्षणलाई आफ्नो मुख्य एजेन्डा बनाएको छ।