Attariya Hospital Pvt.Ltd.

पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा सामान्य होईन:गृहमन्त्री लेखक

padma
milan sunchadi

अत्तरिया – गृहमन्त्री रमेश लेखकले देशको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा सामान्य नहुने बताएका छन्।

मंगलबार विहान गृहप्रदेश सुदूरपश्चिम आइपुगेका गृहमन्त्री लेखकले सञ्चारकर्मीसँग कुरा गर्दै विशिष्ट परिस्थितिमा नेपाली कांग्रेस र नेपाल कम्ष्युनिस्ट पार्टी (एमाले) मिलेर सरकार बनाएको बताएका हुन्। ‘सामान्यतया संसदीय अभ्यासमा देशको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा हुँदैन, विशिष्ट परिस्थितिमा हामीले मिलेर सरकार बनाउने गरेका छौँ,’ गृहमन्त्री लेखकले भने।

इतिहासमा कांग्रेस र एमाले मिल्दा सुखद परिणाम प्राप्त गरेको उनको भनाइ छ। ‘खास गरेर देशमा महत्वपूर्ण ‘एजेन्डा’ हुन्छन्, त्यस्ता एजेन्डालाई हामीले मिलेर सम्बोधन गरेका छौँ,’ उनले भने।

Siddi ganesh

गृहमन्त्री लेखकले स्थिर सरकारका लागि स्थिर समीकरण बनाउनु परेको उल्लेख गर्दै शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन, भष्ट्राचार नियन्त्रण गरेर सुशासन कायम गर्न, विकास निर्माणका गतिविधिलाई द्रुत गति दिन तथा मुलुकमा विधिको शासन स्थापना गर्न नयाँ समीकरण बनेको बताए।

plastik

‘हामीले मिलेर संविधान बनायौँ, नेपाली कांग्रेसले निरङ्कुश पञ्चायती व्यवस्थासँग लड्न कम्युनिष्टसँग मिलेर बहुदलीय प्रजातन्त्रको स्थापना ग¥यौँ,’ उनले भने, ‘दशवर्षे माओवादी सशस्त्र सङ्घर्षलाई मिलेर नै शान्तिमा रूपान्तरण ग¥यौँ।’

लेखक गृहमन्त्री नियुक्त भएपछि पहिलो पटक गृहप्रदेशको भ्रमणमा आइपुगेका हुन्। आज (मंगलबार) बिहान कैलालीको धनगढी आइपुगेका गृहमन्त्री लेखक तीन दिनसम्म यहाँका विभिन्न कार्यक्रम, नेपाली कांग्रेसका कार्यकर्तासँग भेटघाट तथा बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ।

विहान धनगढी विमानस्थमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले मुलुको पछिल्लो राजनीतिक घटनाक्रम र सुरक्षा सवालका विषयमा प्रकाश पारेका थिए। गृहमन्त्रीको सुरक्षाका लागि ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको थियो। गृहमन्त्री लेखक मंगलबार कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित कांग्रेस पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्ने र त्यसपछि दिउँसो बेलौरी र बेलडाँडीमा कार्यकर्तासँग भेटघाट गर्नेछन्।

गृहमन्त्री लेखक महेन्द्रनगर पुग्ने कार्यतालिकाअनुसार अपरान्ह ४ बजे कञ्चनपुर जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन एंवम् जिल्ला सुरक्षा समितिसँग छलफल गर्ने कार्यक्रम छ। बुधबार गृहमन्त्री लेखकले संघीय प्रहरी कार्यालय महेन्द्रनगरको भवन उद्घाटन गर्नेछन्। त्यसपछि नेपाली कांग्रेस कञ्चनपुर पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट तथा अन्तक्रिया गर्नेछन्।

उनले इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीको भवन उद्घाटन कार्यक्रममा सहभागी हुने कार्यक्रम समेत तय गरिएको छ। त्यसपछि दोधारा चाँदनी नगरपालिका–३, ८ र १० को बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेपछि गृहमन्त्री लेखक कांग्रेस दोधारा–चाँदनीको भवन उद्घाटन र कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ। दोधारा चाँदनीबाट फर्किएपछि बुधबार नै मन्त्री लेखकले भीमदत्त नगरपालिकाको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नेछन्।

बिहिबार बिहान महेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गर्ने पत्रकार सम्मेलनमा सहभागी हुने गृहमन्त्री लेखक त्यसपछि शुक्लाफाँटाको झलारीमा कांग्रेस कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ। बिहान झलारीबाट कैलालीको धनगढी प्रस्थान गर्ने कार्यक्रमअनुसार त्यसपछि कैलाली जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन तथा जिल्ला सुरक्षा समितिसँग छलफल गर्नेछन्। धनगढीमा प्रहरी गण भवन तथा पेट्रोल पम्प उद्घाटन र कांग्रेस कैलालीको पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट तथा अन्तक्रियापछि गृहमन्त्री लेखक बिहीबार बेलुका काठमाडौँ फर्किने कार्यक्रम तय छ।

Nawadurga
nast bbs
Leave A Reply

Your email address will not be published.