अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले वडा नम्बर ७ स्थीत गोलादेउ सामुदायीक वनमा निर्माण गरिएको गोशालाको केहि दिन अघि उद्घाटन गरिसकेको छ । नगर प्रमुख विरेन्द्र भट्टले श्री कृष्ण जन्माष्टमीको अवसर पारेर गोशालाको उद्घाटन गरेका थिए । अहिले उत्त गोशालामा ५० वटा जति गाई राखिएको गौशालाका संरक्षक यज्ञराज कडेँलले जनाएका छन् ।
छाडा पशुचौपायाको दिगो व्यवस्थापनका लागि निर्माण गरिएको उत्त गोशालाई आत्मनिर्भर गोशाला बनाउने गोदावरी नगरपालिकाकोे प्रयास रहेको नगर प्रमुख भट्टको भनाई छ । त्यसका लागि केहि समय र बजेट चाहिने र अबको केहि महिनामै त्यो व्यवस्थापन गर्ने उनको भनाई छ । किसानलाई अर्गानिक मलको अभाव भईरहेको बेला सो पूर्ति गर्न समेत गोशालाले सहयोग गर्ने भट्टको भनाई छ ।
यो गोशाला निर्माणको पहिलो संरचना रहेको र क्रमिकरुपमा अन्य संरचना तथा गाईवस्तुहरुलाई क्रमिकरुपमा व्यवस्थापन गर्दै जाने दिर्घकालिन योजना रहेको नगर प्रमुख भट्टले बताएका छन । हाल संरक्षक कडेलले नै गोशाालामा आउने गाईको हेरचाह गर्दै आईरहेका छन् ।
एकदुई दिन यता ल्याईसकेपछी अचेल रात परेपछी गाईहरु आफै गोशालामा आउने गरेको कडेलले बताए । गोशालामा गाईहरुको लागि पानी र वरीपरी तारबारका साथै भुसपरालहरु राख्न गोदामको आवश्यकता रहेको कडेलले बताए ।
त्यसका साथै संरक्षकहरुलाई बस्न कुटीको व्यवस्था गरिदिन पनि नगर प्रमुखलाई आग्रह गरिएको कडेलले बताए । “गाई भनेको मानवसंगै बस्ने प्राणी हो,जंगलमा निर्माण गरिएको गोशालामा एक्लै छोडेर आफु टाढाको गाँउ गएर बस्नु उपयुत्त हुँदैन। उनले भने, गोशालामा त व्याउने गाईहरु पनि होलान्,रातीको समयमा पनि तिनीहरुलाई स्याहार गर्नुपर्ने होला,त्यसैले गोशालाकै नजीकमा एउटा कुटी भईदिए बस्न सहज हुन्थ्यो ।”
आफुहरुको योजना अनुसार काम गर्न सकिए उत्त गोशालालाई आत्मनिर्भर गोशाला बनाउन अर्थात गोशालाकै आम्दानीबाट गोशाला सञ्चालन गर्न सकिने उनको भनाई छ । “यो गोशालालाई आत्मनिर्भर गोशाला बनाउने हाम्रो प्रयास रहनेछ,त्यसका लागि केहि समय लाग्ला,उनले भने ।”
सडकमा छोडीएका गाईहहरुलाई नै गोशालामा ल्याउने हुनाले ती गाईहरुलाई स्वस्थ हुन नै करिब ६ महिना लाग्ने कडेलले बताए । गाईको गोबर र गौमुत्रबाट नै आफुहरुले उत्पादन तयार पार्ने भएकोले स्वस्थ र प्रसन्न गाई हुन जरुरी रहेको उनको भनाई छ । गाईको गोबर र गौमुत्रबाट आफुहरुले आयुर्वेदिक औषधीहरु,धुप,किटनाशक औषधी लगायतका उत्पादनहरु निर्माण गर्ने योजना रहेको कडेलको भनाई छ ।
“सडकमा छाडीएका गाईहरु अधीकांश अस्वस्थ छन्,तिनीहरुले बजारमा फालीएका खाने कुराहरु प्लास्टिक सहित नै खाएका छन्,घाइते छन्,तिनीहरुलाई ल्याएर उपचार गर्नुपर्यो,तिनीहरु स्वस्थ हुन नै करिब ६ महिना लाग्छ,त्यसपछी पनि हामी जाँच गर्छौँ र व्यवस्थीत भए उत्पादन सुरु गर्छौैँ ।”
गाईको गोबर र मलमुत्रबाट औषधीहरु बनाउन गाईले प्राकृतिक आहार खाएको हुनुपर्ने कडेलले बताए । “गोदावरी नगरपालिकाले जसरी यो गोशाला निर्माण गरेर छाडा गाई व्यवस्थापन गर्ने आँट गरेको छ,यो निकै सकरात्मक प्रयास हो,त्यसैगरी गोशाला आत्मनिर्भर नहुन्जेलसम्म हात झिक्न हुँदैन।यसलाई दिगो व्यवस्थापनका लागि पहल गर्नुपर्छ उनले भने ।”आयुर्वेदिक औषधीहरु,धुप,किटनाशक औषधी,मल,दुग्ध पर्दाथ लगायतका उत्पादनहरु बिक्रि सुरु गर्न सके गोशालालाई आत्मनिर्भर बनाउन सकिने कडेलको भनाई छ ।