गोदावरीकी पूर्व उपमेयर कडायतले सेभ हाउसमा मनाईन् छोराको जन्मदिन

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाकी पूर्व उपमेयर रत्ना कडायतले आफ्नो छोराको जन्मदिन अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा मनाएकी छिन् ।

कडायतले छोरा दिपेश कडायतको जनमदिनमा बुधबार (आज) महिला तथा बालबालिका सेभ हाउसका बालबालिकालाई भोजन सेवा गराएकी हुन् । कडायतले जन्मदिनमा फजुल खर्च गर्नुभन्दा सेभ हाउसका बालबालिकालाई भोजन गराएको बताईन् ।

nisarga

“अन्य फजुल गर्नुभन्दा तिजको माहोल पनि छ,बालबालिकालाई मिठोमसिनो खुवाउ, बालबालिकासंग नाचेर रमाइलो पनि गरौँ भनेर जन्मदिन यता मनाए उनले भनिन् ।”

उनका छोरा दिपेश हाल पढाइको शिलशिलामा काठमाडौंमा रहेका छन् ।सेभ महिला तथा बालबालिका सेभ हाउसमा हाल ३० जना बालबालिका आश्रित रहेका छन् ।