अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवस मनाइएको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखाले दिवसको अवसरमा अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा शैक्षिक सामाग्री वितरण गरेको हो ।
बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ नेपाल सरकारले अनुमोदन भएको दिन यो दिवस मनाइँदै आएको छ । २०६४ साल देखी भाद्र २० गते देखि बालबालिका बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको रूपमा मनाइएको छ ।
गोदावरी नगरपालिकाले यस सेभहाउसमा रहेका बालबालिकाका आवश्यकता सँगै शिक्षा स्वास्थ्य पोषणका लागि संचालनका लागि बर्षेनी ५ लाख प्रदान गर्दै आएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख गोदावरी धामी खत्रीले बताएकी छिन ।
कार्यक्रममै ज्योति समुदायिक विकास सेवा नेपालले पनि बालबालिकालाई जनचेतना मुलक कार्यहरू सँगै फलफुल वितरण गरेको छ । भने गोदावरी नगरपालिकाले शैक्षिक सामाग्री बितरण गरेको हो ।
“तिनै तहका सरकारको प्रतिवद्धता मानव वेचविखन विरुद्ध सबैको एक्यबद्धता” भन्ने मूल नाराका साथ संचालित अभियानमा गोदावरी नगरपालिकाकी उप-प्रमुख शारदा देवि रोकायाको सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी दत्त भट्ट, नगर प्रवक्ता गोपाल दत्त भट्ट, कार्यपालिका सदस्य चन्द्रा भूल,ज्योति समुदायिक विकास सेवा नेपालका प्रतिनिधि, इप्रका मालाखेतीका प्रहरीलगायत महिला शाखा प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम संचालन भएको थियो ।
इप्रका मालाखेतीका इन्स्पेक्टर दान सिंह भण्डारीले सेभ हाउसमा रहेका बालबालिका तथा अन्य हरुलाई जनचेतना मूलक भनाइ एबं पछिल्लो समयमा गोदावरीको नगर पालिका भित्र मानव बेचबिखन के कति र कसरी हुने गरेको बारे जानकारी दिएका थिए ।
त्यस्तै गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले सुदूरपश्चिम प्रदेशको व्यापारीक तथा सबैको पाईक पर्ने ठाउँमा अनौतिक क्रियाकलापलाई रोक्नका लागि दैनिक जसो नेपाल प्रहरीले उत्कृष्ठ काम गर्दै गरेको बताएकी छिन । मानब बेचबिखन तथा देह व्यापारमा अत्तरियाका बिभिन्न ठाउँमा अखडा बनाई रहेको अवस्थामा अहिलेको डिएस्पीको टिमले कडाई गरेकोमा आफू उहाँहरुको काम प्रति खुसी रहेको बताएकी छिन ।