अत्तरिया – विपी कोईरालाको जन्मजयन्तीको अवसरमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-१०को शितापुर टोलमा विपन्न परिवारको घरको शिलन्यास गरिएको छ ।
कोईरालाको १११ औं जन्मदिनको अवसरमा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले विपन्न एव् अपाङ्गता भएका डम्मरे कामी तथा आमा ८० बर्षिया लाली कामीको घरको शिलन्यास गरेका हुन ।
सुदूरपश्चिम प्रदेश सांसद तुलसी देवकोटा, नेपाली कांग्रेस क्षेत्र न. ४ का क्षेत्रिय सभापति ललित रोकाया, गोदावरी नगरपालिकाका नगर प्रवक्ता गोपाल दत्त भट्ट, विभिन्न वडाका प्रतिनिधि लगायत नेपाली कांग्रेस प्रतिनिधिहरुको उपस्थितिमा घरको शिलन्यास भएको हो ।
नगरकार्यसमितिले ‘जसको कोहि छैन, उसको नेपाली कांग्रेस नगर कार्यसमिति’ भन्ने नारा लिएर पछिल्लो समय आर्थिक रुपमा विपन्न परिवारहरुलाई सहयोग गर्ने काम गर्दै आईरहेको छ ।
विपी जयन्तीको अवसरमा आज बिहानै नेपाली कांग्रेस क्षेत्र न. ४ को क्षेत्रिय पार्टी कार्यालय वनखेतमा नेता कार्यकर्ताहरुले फूलमाला अबिर सहित विपिको फोटोमा माल्यार्पण गरेका थिए ।