bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

प्रक्रिया पुरा नगरी काठ चिराउन लगिएको भन्दै उपभोक्ताद्धारा विरोध

padma
milan sunchadi

अत्तरिया – प्रक्रिया पुरा नगरी काठ चिराउन लगिएको भन्दै उपभोक्ताहरुले विरोध गरेका छन् । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-८ मा रहेको सुर्योदय सामुदायिक वनले प्रक्रिया पुरा नगरी काठ चिराउन लैजान लागेको भन्दै उपभोक्ताहरुले आज विरोध गरेका हुन् ।

वन समितिले धनगढीको एक मिललाई काठ चिर्ने ठेक्का दिएको थियो । समितिले मनोमानी गरेको भन्दै उपभोक्ताले लोड भईसकेको काठ रोकेका छन् । उनीहरुले सार्वजनिक छलफल गरेर मात्रै चिरानको काम अघि बढाउनु पर्ने बताएका छन् ।

समितिका सचिव चेतराज ओझाले भने बाँकी सबै प्रक्रिया पुरा भईसकेको तर धनगढी पुर्याउन इजाजत मात्रै नभएको बताए । “धनगढीको काठ मिलमा चिरान सस्तो पर्ने भएकोले हामीले त्यहाँ पठाउन खोजेका हौँ,धनगढी पुर्याउन इजाजत चाँहि लिएका छैनौ,बाँकी सबै प्रक्रिया पुरा गरेका छौँ ।”

Siddi ganesh

एक स्थानीय तहबाट अर्को स्थानीय तहमा चिरानका लागि काठ लैजान सब डिभिजन कार्यालयको इजाजत वा साधारण सभाको निर्णय आवश्यक पर्दछ । समितिले ४६५ क्युफिट सिसमको काठ लिलाम सहमति गरेको थियो ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.